आकर्षण ब्यूटीपार्लरको १८ औँ वार्षिकोत्सव सम्पन्न

हेटौंडा, २१ साउन/सौन्दर्य क्षेत्रमा काम गरिरहेको आकर्षण ब्यूटीपार्लरको १८ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । ब्यूटीपार्लरका सञ्चालक गमला राजमण्डारी (अस्मिता)को अध्यक्षतामा भएको कार्यक्रममा सिटिभिटी बागमती प्रदेशका प्रमुख टोलेन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका आचार्यले स्वास्थ्यसँग सुन्दरता जोडिएकोले गर्दा ब्यूटीपार्लरको आवश्यकता बढ्दै गएकोमा जोड दिएका थिए । कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मीहरु रमा श्रेष्ठ, अनुपा घिमिरे र रीन्जु गौतमलाई सम्मान गरेको थियो । कार्यक्रममा ३० जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पूर्व कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रमलाई भोजन सेवाको लागि १५ हजार नगद सहयोग तथा मेहेन्दी कार्यक्रम र १६ गते मेहेन्दी क्याम्प कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मकवानपुर महिला उद्यमी व्यवसायी संघ अध्यक्ष सुशिला पाण्डे, डिष्ट्रिक चिफ अंकिता सुमार्गी, नेपाल जेसिज पूर्व कार्यकारी उपाध्यक्ष शोभा खरेल भट्टराई, वरिष्ठ सौन्दर्य कर्मी रमा श्रेष्ठ, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र प्रशिक्षकद्वय अनुपा घिमिरे, निर्मला गुरागाई, सोन्दर्यकर्मी संगठन नेपाल केन्द्रिय सदस्य रीन्जु गौतम, नेपाल ब्यूटीसियन संघ बागमती प्रदेश संयोजक तारा कार्की लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya