असार ११ बाट हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड

हेटौंडा, ३१ जेठ/असार ११ गतेबाट हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुने भएको हो ।

तस्विरः फाइल

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । वैठकमा उपमेयर राजेश बानिया“, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि आधुनिकका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा
तयारी समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button