हेटौडा, बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री जेइन थपलियाले बनको माध्यमबाट समृद्धि ल्याउन सकिने बताउनु भएको छ । आज देखि हेटौडामा शुरु भएको सामुदायिक वन उपभोक्ता महासं, नेपाल राष्ट्रिय कार्यसमितिको नवौ बैठकलाई सम्वोधन गर्दै मन्त्री थपलियाले सामुदायिक वनले अव आर्थिक समृद्धि हुने प्रकारको कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।
देश गम्भिर आर्थिक संकटमा रहेको उल्लेख गर्दै वहाँले त्यस बाट बच्न बागमती प्रदेशले चालु आवको बजेटमा २० प्रतिशत खर्च कटौती गरेको बताए ।
नेपालको सामुदायिक वनले गरेको कार्यको प्रशंसा गर्दै वहाले सामुदायिक वनकै कारण बन क्षेत्र बढेकोमा खुशी ब्यक्त गरे । विदेशबाट आउने काठलाई बन्द गरि नेपालमै रहेको काठ प्रयोग गर्ने वातावरण तयार गर्ने काममा बागमती प्रदेश सरकार क्रियाशिल रहेको वहाको भनाई थियो । मन्त्री थपलियाले भने सामुदायिक वनको अधिकारलाई मजवुद बनाउन सामुदायिक वन उपभोक्ता महासंघसँग बसेर काम गर्न प्रदेश सरकार सदैव तयार छ ।
कार्यक्रममा प्रतिनिधी सभा, प्रदेश सभा, जिल्ला समन्वय समितिमा निर्वाचित सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो । उदघाटन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ,केन्द्रीय उपाध्यक्ष भीम प्रकाश खड्का, महासचिव विर्ख बहादुर शाही,महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डे, बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा, सचिवालय सदस्य रामहरि चौलागाई,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, केन्द्रीय समितिका पदाधिकारीहरु, सातै प्रदेशका प्रदेशका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
बैठक फागुन ९ गते हेटौडा घोषणा पत्र सार्वजनिक गरेर समापन गरिने कार्यक्रम छ । बैठक कैन्द्रीय अध्यक्ष भारती पाठकको अध्यक्षतामा भएको थियो ।






