मकवानपुरका राजन बागमतीका उत्कृष्ट पुरुष खेलाडी

हेटौँडा, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बलले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्राप्त गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।

ADVERTISEMENT

राजन बल नेपालको राष्ट्रिय खोखो टोलीका सदस्य हुन् । नेपालले यसै वर्ष खोखो विश्वकपमा ऐतिहासिक दोस्रो स्थान हासिल गर्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए । नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेका राजनले सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुदमा पनि पदक प्राप्त गरेका थिए । खेल जीवनमा एकपछि अर्को सफलता हासिल गरेका राजनले प्रशिक्षकको भूमिकामा पनि छन् ।

उनी कीर्तिपुरस्थित खोखो एकेडेमीमा प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्। नेपाललाई विश्व मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान दिएका राजन उत्कृष्ट वर्ष खेलाडी बनेका हुन्।
अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *