हेटौंडामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ

हेटौंडा, हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ । 

ADVERTISEMENT

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व  सुरु भएको हो । बागमती प्रदेश राजधानी हेटौंडाको राप्ती तटीय क्षेत्रमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका हुन् ।

साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ भने भोली शुक्रबार उदाउँदो  सुर्यलाई अर्घ दिएर छठी माताको पूजा गरि छठपर्व मनाईन्छ । हेटौंडाको राप्ती तटीय क्षेत्रमा मकवानपुरबासी व्रतालु तथा श्रद्धालुहरुको बाक्लो उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *