नयाँ पाठ्यक्रमको तयारीमा हेटौंडा उपमहानगरपालिका

हेटौंडा, विद्यार्थीलाई स्थानीय बिषयमा जानकारी दिने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले नयाँ पाठ्यक्रम निर्माणको तयारी गरेको छ । २०७९ सालबाट कक्षा १ देखि ३ सम्म अध्यापन गराउँदै आएको स्थानीय पाठ्यक्रमलाई ४ देखि ८ कक्षा सम्म सञ्चालनको तयारी गरेको हो ।

ADVERTISEMENT

चालु शैक्षिक सत्रबाट लागु हुने गरी निर्माण गर्न लागिएको ४ देखि ८ सम्मको स्थानिय पाठ्यक्रमका लागि सुझाब संकलन गरिएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिमा शिक्षा समितिका सरोकारवाला, पाठ्यक्रम निर्माणमा संलग्न सहित भएको छलफलले पाठ्यक्रमलाई सरल र सहज बनाउने तर्फ ध्यान दिन सुझाब दिएका थिए ।

पुस्तक निर्माणको क्रममा समेटिएका बिषयहरुका बारेमा महाशाखा प्रमुख कोइरालाले प्रस्तुतिकरण गरेका थिए । नगर प्रमुख मीनाकुमारी लामाले स्थानिय पाठ्यक्रमलाई व्यवहारीक बनाउँन जरुरी रहेको बताइन् । उनले स्थानिय भाषा, संस्कृती मेषमुषा सहितका बिषयबारे बलाबालिकालाई जानकारी गराउँदै अघि बढाउनु पर्ने भन्दै शिक्षालाई ‘प्राक्टिक’ बनाउँने तर्फ ध्यानदिने जरुरी रहेको औल्याइन् ।

ADVERTISEMENT

शिक्षा बिकास इकाइका प्रमुख दिनानाथ गौतमले अन्य पालिकाले पनि आफ्नो पाठ्यक्रम निर्माण गरी अध्यापनमा लगाइसकेको भन्दै चाडै पुस्तक निर्माणका काम सकेर अघि बढ्न सुझाब दिए । पालिकाले पाठ्यक्रम निर्माण गर्दा स्थानिय पहिचानको बिषयलाई राम्रोसँग उजागर गर्न जरुरी रहेको औल्याए । सानै उमेरबाट उनिहरुले स्थानिय पहिचानलाई सहज भाषमा बझेने गरी पुस्तक तथार गर्न सुझाब दिए ।

प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुबेदीले बिषयमा बालबालिका मैत्री बनाउन जरुरी रहेको बताए । स्थानीय पाठ्यक्रम भएकाले निजी तथा सामुदायीक बिद्यालयहरुमा नेपाली माषामै अध्ययन गराउन जरुरी रहेको आवश्यक हुने सुझाब दिए । ‘हाम्रो हेटौंडा’ नाम रहेको स्थानीय पाठ्यक्रमलाई नगरको आफ्नो मौलिकता झल्कने गरी निर्माण गर्ने तयारी रहेको छ । पाठ्यक्रममा स्थानीय बिषयबस्तुलाई बालबालिका माझ लैजाने गरी पुस्तक निर्माण हुने उपमहानगरको शिक्षा बिकास महाशाखाले जनाएको छ । पुस्तकमा स्थानीय कला, सस्कृति, भाषा, भेषभुषा र जातिय पहिचान सहितको सन्दर्भ सामग्री समेटिने महाशाखा प्रमुख सिताराम कोइरालाले जानकारी दिए ।

ADVERTISEMENT

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, उपमहानगर सामाजिक बिकास समितिका संयोजक रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डा. कृष्ण धिताल, शिक्षा बिकास महाशाखा, प्यावसन मकवानपुरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya