हेटौंडा, ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) मकवानपुर शाखाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष कपिला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १० का वडाध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रक्तदान गर्ने २३ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।







