हेटौंडा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा ट्राफिक नियन्त्रण तालिम समापन भएको छ । २०७८ फागुन १५ गतेबाट संचालन भएको ४५ कार्यदिन अवधिको ट्राफिक नियन्त्रण तालिम (प्र.ह./प्र.ज.) पहिलो समूहको तालिम एक कार्यक्रम आयोजना गरि समापन भएको हो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूजा सिंहको प्रमुख अतिथ्यतामा रहेको थियो । प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख सिंहले प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाणपत्र वितरण र निर्देशन सम्बोधन समेत ब्यक्त गरेकी थिइन् । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक ध्रुबराज राउत लगायत अन्य सकल दर्जाका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।






