जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्याङ्कन मापन

हेटौंडा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरद्धारा सञ्चालित स्वास्थ्य केन्द्रको लागि न्यूनतम सेवा मापदण्ड मापन कार्यक्रम भएको छ । जेठ १५ गते भएको मापन कार्यमा केन्द्रले ५१ दशमलव ८७ प्रतिशत ल्याउन सफल भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत न्यूनतम सेवा मापन स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. ललिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा. सुरेश महर्जन, स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डा। रबिन भुषाल लगायतको आतिथ्यता रहेको थियो । साविकको नारायणी अञ्चल आयुर्वेद औषधालयको स्थापना वि.सं. २०३४ सालमा भएको हो। संघियता पश्चात नारायणी अञ्चल आयुर्वेद औषधालयको नाम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,मकवानपुरमा नामाङकरण भएको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट हाल दैनिक ओपिडी। सेवा, विशेषज्ञ ओपिडि सेवा, पूर्वकर्म तथा पञ्चकर्म सेवा, निशुल्क औषधी वितरण, सशुल्क फार्मेसी संचालन ,निशुल्क योग परामर्श सेवा,जेष्ठ नागरीक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, शल्य सेवा (क्षारसुत्र सेवा,अग्नी कर्म) सेवाहरु उपलब्ध हुँदै आएको छ। यस कार्यालयबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत शुरु भएको छ ।स्वास्थ्य निर्देशनालयले सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा दुई दिन लगाएर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र निर्देशक श्री महेश्वर श्रेष्ठबाट आयुर्वेद कार्यालयहरुको सहि मूल्याकन हुने र मकवानपुरबाट सुरु गर्दै बागमती प्रदेशका सबै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्याकन गर्ने र गुणस्तरीय सेवा प्रवाहमा टेवा पुर्याउनुपर्ने बताए । आयुर्वेद स्वास्थ्य केन्द्रको लागी आवश्यक मापदण्ड पुरा गर्न आवश्यक सहयोग स्वास्थ्य मन्त्रालयले गर्ने बद्री बहादुर खड्काले बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले पञ्चकर्मका सम्पूर्ण सेवाहरु र जिवनशैली परिवर्तनका कार्यक्रमहरु गर्दै आएको छ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको नयाँ भवन निर्माण कार्य शुरु भईरहेको हुँदा नयाँ भाडाको घरबाट सेवा उपलब्ध गराईरहेको छ।भाडाको घरमा कोठाहरु प्रयाप्त नभएकाले र भर्खरै मात्र सरेको हुनाले सेवाहरु सञ्चालन गर्न कठिनाई भएको र विस्तारै व्यवस्थापनको क्रममा रहेको कार्यालय प्रमुख डा। ललिता पाण्डेले बताइन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुख डा. ललिता पाण्डेले सिंगो टिमको पहिलो पटक सहि मूल्यांकन भएको बताइन् ।यस मूल्यांकनमा प्राप्त भएका सुझावहरुलाई परिस्कृत गर्दै लिएर जाने र आगामी छ महिना पछिको मूल्यांकनमा अझ उत्कृष्ट अङ्क ल्याउन सबै कर्मचारीहरुबाट प्रत्यत्न गर्ने पाण्डेको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button