साहित्य सङ्गम मकवानपुरको ३३९ औँ नियमित साहित्य सन्ध्या

हेटौंडा, साहित्य सङ्गम मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा भएको ३३९ औँ नियमित साहित्य सन्ध्या तथा खेम बानियाँ सम्झना साथमा साहित्य र जीवन विषय अन्तरसंवाद भएको छ ।

ADVERTISEMENT

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गमको संस्थापक सल्लाहकार ऋषिराम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र उमा मैनालीले साहित्य र जीवन विषयमा अन्तरसंवाद गरेका थिए भने सङ्गमका उपाध्यक्ष सानु खनालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सहभागिहरुले रचना वाचन गर्नुका साथै खेम बानियाँको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बैकुण्ठ लामिछाने, सुवास सजल, मसान उपासक, एसके निधन, विष्णु गौतम, किसन पौडेले, रामहरी चौलागाई, अनुसया खनाल, स्वस्तिका दहाल, राजबहादुर बुढा (जुम्ला), छवि अनित्व, हरी पौडल, केशव समर्पण, स्वस्तिका बानियाँ, राजकुमार चौधरी, राजकुमार लामिछानेले रचना वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *