हेटौंडा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पहिलो जिल्ला भेला आज सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पुनः निर्विरोध भरत पराजुली सभापतिमा चयन भएका छन्। भरत पराजुलीसँगै जिल्ला कार्यसमितिमा ११ जना सदस्य चयन भएका हुन।
भेला बाट सचिवमा सञ्जीब पाठक निर्बाचित भएका छन सहसचिवमा शान्ति थापा निर्बाचित भएका छन भने सदस्य हरुमा सरला कार्की ,राजकुमार कार्की ,रमेश कुमार थापा ,बिवेक शर्मा कट्टेल जिल्ला सदस्य निर्बाचित भएका हुन । साथै मकवानपुर क्षेत्र नं १ र २ का संयोजक साथै १० वटा स्तानीयपालिका सभापति र आमन्त्रित सदस्य २गरि २३ कार्यसमिति पाएको छ।
निर्बाचन क्षेत्र न १ बाट संयोजकमा टाकाराज थापा ,उपसंयोजकमा अस्मिता न्यौपाने ,सीसम माझी ,सचिव किशोर अर्याल , सदस्य राजेन्द्र थापा ,होम बहादुर थापामगर ,सीमा न्यौपाने चयन भएका छन् ।
क्षेत्र नम्बर २ बाट संयोजक नीराजन बरतौला , उपसंयोजक शान्ता सत्याल बीष्ट ,संतोष बरतौला सचिव राधिका सामरी पाण्डे, सदस्य श्रीजना सुनार ,सालिग्राम दुङ्गाना ,संदीपा डोटेल चयन भएका हुन ।
रास्वपा मकवानपुरमा १० वटा स्थानीय तह गठन गरेसँगै रास्वपा मकवानपुरले जिल्ला भेला आज सम्पन्न गरेको छ। मकवानपुर जिल्ला भेलाको उद्घाटन बागमती प्रदेश सभापति डा। अच्युतम् लमिछानेले गर्नुभएको थियो । विशेष अतिथि बागमती प्रदेश प्रबक्ता उत्सब अर्याल ,अथिति चितवन सभापति ,उपसभापति ,भीम फुयाल ,सुनीता राई ,कृष्ण भेटवाल लगायत नेता कार्यकर्ताको उपस्थिति रेहेको थियो । भरत पराजुलीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।







