नेपाल मोबाइल व्यवसायी महासंघको महासचिवमा छतेन्द्र आचार्यको उम्मेदवारी

हेटौँडा, नेपाल मोबाइल व्यवसायी महासंघको आसन्न निर्वाचनका लागि हेटौँडाका व्यवसायी छतेन्द्र आचार्यले महासचिव पदमा उम्मेदवारी दिएका छन्। महासंघको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन यही जेठ १ र २ गते काठमाडौंमा हुँदैछ।

ADVERTISEMENT

आचार्यले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएको जानकारी दिएका हुन्। मोबाइल एशोसिएसन अफ नेपाल ९म्यान० मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले मकवानपुरको प्रतिनिधित्व गर्दै आचार्यलाई केन्द्रीय समितिको महासचिव पदमा उम्मेदवार बनाइएको बताए।

आचार्य यसअघि महासंघको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्। उनी म्यान मकवानपुरका संस्थापक अध्यक्ष समेत हुन्।

महासंघमा हाल २७ हजारभन्दा बढी मोबाइल व्यवसायी आबद्ध रहेको जनाइएको छ। महासंघका अनुसार देशभरका जिल्ला शाखाबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् भने मकवानपुरबाट ७ जना प्रतिनिधि सहभागी हुनेछन्।

यसैगरी, मकवानपुरबाट केन्द्रीय सदस्य पदका लागि म्यान मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाईं तथा महासंघ बागमती प्रदेश समितिका पूर्व कोषाध्यक्ष एवं म्यान मकवानपुरका निवर्तमान महासचिव मिलन स्याङ्तानले पनि उम्मेदवारी दर्ता गराएका छन्।

Advertisement 5

उम्मेदवारी घोषणा गर्दै आचार्यले आफू महासचिवमा निर्वाचित भए देशभर छरिएर रहेका साना तथा ठूला मोबाइल व्यवसायीलाई एकीकृत गर्दै एउटै छानामुनि ल्याउने, महासंघको सचिवालयलाई व्यवस्थित बनाउने तथा सदस्यहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *