रजत जयन्तीको अवसरमा पालुङ बहुउद्देश्यीयको खुला दौड

हेटौंडा, थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले रजत जयन्तीको अवसर पारेर खुल्ला महिला,पुरुष म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ। सहकारी संस्थाको आयोजनामा मंसिर १५ गते बिहान ७ बजे प्रतियोगिता हुने भएको हो।

ADVERTISEMENT

प्रतियोगिता अन्तर्गत पुरुष ५ हजार मिटर खुल्ला दौड र महिला तर्फ ३ हजार मिटर खुल्ला दौड हुने प्रतियोगिताका संयोजक यादव जंग रायमाझीले जानकारी दिए। प्रतियोगितामा बहालवाला सेना र प्रहरी बाहेकले १४ गते सम्म संस्थाको कार्यालय थानाबजारमा नाम दर्ता गराउन सकिने रायमाझीले बताए।

प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार दोस्रोले ७ हजार र तेस्रोले नगद ५ हजार प्राप्त गर्ने छन।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *