हेटौंडा, बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनालाई मनोनित गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् वैठकले रिक्त रहेको चार सदस्य पदमा दुईजना पुरुष र दुईजना महिलालाई मनोनित गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बैठकले ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनको नविना खनिया र रामेछापकी कल्पना खड्कालाई मनोनित गरेको हो ।
बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
गतमन्त्रिपरिषद् बैठकले उक्त नियमावलीहरूलाई आवश्यक छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको थियो । उक्त समितिमा छलफलपश्चात् प्राप्त नियमावलीलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।