ऋषेश्वर ११ ले चुम्यो पाँचौं थाहा गोल्डकपको उपाधी

हेटौंडा, थाहा नगरपालिकामा भएको पाँचौं थाहा गोल्डकपको उपाधि थाहा ४ दोबाटोको ऋषेश्वर ११ फुटबल क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा चित्लाङ खेलकुद बिकास समिति चित्लाङलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ ले उपाधी चुमेको हो। ऋषेश्वरको तर्फबाट अमित तामाङले १ गोल, रिचार्ड विल्सनले ३ गोल,सन्जोग मोक्तानले १ गोल,र सुनिल तामाङले २ गोल गर्न सफल भए ।

ADVERTISEMENT

प्रतियोगितामा ऋषेश्वर ११ का रिचार्ड विल्सनले प्रतियोगितामा ७ गोल गर्दै हाइ स्कोरर हुँदा बेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ, र उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल हुन सफल भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर ११ का प्रदिप गुरुङ हुन सफल रहे। बिजेता बनेको ऋषेश्वर ११ ले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता चित्लाङले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी बिधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णु बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए । शिखर क्लवका अध्यक्ष विश्व अर्यालको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा शिखर क्लवका पुर्व खेलाडिहरु तथा पुर्व अध्यक्षहरुलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो। पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान, वडा न ४ का अध्यक्ष नारायण लामा, वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी वडा न ९ का राजकुमार बलामी ,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya