‘हेटौंडालाई व्यवस्थित शहरको रुपमा बिकास गरौं’

हेटौंडा, बागमती प्रदेशका प्रदेश प्रमुख यादब चन्द्र शर्माले देशको मध्य बिन्दुमा रहेको हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित शहरको रुपमा बिकास गर्न सुझाब दिएका छन् । उपमहानगरपालिकाको ५४ औँ स्थापना दिवसलाई संबोधन गर्दै प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको बिकास मोडल देश भर पुग्न आवश्यक रहेको बताए । उनले चारैतिरबाट शसडक संजालले जोडिएको हेटौंडा आउने र जानेले यहाँको अनुसरण गर्ने भन्दै उनले शहरलाई व्यवस्थित बनाउन जोड दिए ।

२०४८ सालको परिवर्तन पछि नगरको बिकास सुरु भएपनि प्रयाप्त बिकास हुन नसकेको तर्फ ध्यान दिन उनले जोड दिए । अहिले पनि बजारका सडक मर्मत हुन नसकेको अवस्थालाई सुधार्न सुझाब दिए । उनले राजमार्गको बिस्तार र सुधारका कार्यमा ध्यान दिन सबैलाई आवहन गरे । कार्यक्रममा पुर्व नगर प्रमुख डोरमणी पौडेलले हेटौंडाले दिने सकारात्मक सन्देश मुलुकको सबै भागमा पुगेको बताए । हरित र सुन्दर शहरको रुपमा रहेको हेटौंडालाई बागमती प्रदेशको राजधानी शहरको रुपमा चिनाउन आवश्यक रहेका बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले नगरको बिकासका लागि सबैको भूमिका आवश्यक रहको बताइन् ।

उनले बजारको शौन्दर्य बढाउन २५ मिटर बाटो बिस्तार जरुरी रहेको भन्दै यस तर्फ संघ, प्रदेशसरकार र स्थानिय दलको एक मत हुन आवश्यक रहेको बताइन् । उनले पर्याप्त गुणस्तरीय पूर्वाधार सहितको सफा हेटौंडा स्वस्थ्य हेटौंडाको अभियान मार्फत नगरबासीहरुको सहभागितामा स्वच्छ सृजनशील समृद्ध औद्योगिक नगरको परिकल्पना सहित मुलुककै उत्कृष्ट शहर निर्माणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताइन् । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष लालबहादुर थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरापालिकाका उपप्रमुख राजेश बानियाँ, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देबकृष्ण पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस पारेर उपमहानगरलाई अहिले सम्मको अवस्थामा पु¥याउने पुर्व जनप्रतिनिधी देखि हेटौंडाको बिकासमा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका २३ जनालाई सम्मानित गरेको छ । उपमहानगरको ५४ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो प्रमुख हरीबहादुर महत, तत्कालिन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणी पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरीएको हो ।

नगरपालिकाको स्थापना देखि नगरको बिकास र जनमानस बिच नगरलाई पु¥याउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै हेटौंडा नगरपालिकाका सस्थापक नगरप्रमुख बासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ । स्थापना दिवस पारेर उपमहानगरले नगरको विकासमा योगदान पु¥याएको मुल्याङकन गर्दै पत्रकारीता क्षेत्र तर्फ गोर्खापत्र दैनिकका राममणी दाहाल, शिक्षा तर्फ डेण्टीजंग शाह, वाताबरण तर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुद तर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्र तर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्य तर्फ तुल्सी थापा, स्वास्थ्य तर्फ वेला तुलाधर बैध, धार्मिक तर्फ इश्वरी प्रसाद न्यौपाने, इतिहास खोजकर्ता तर्फ केदार प्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरीएको हो ।

उपमहानगरले २०२६ सालमा तत्कालिन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरी जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ भने तत्कादिन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको थियो । त्यस्तै तत्कालिन उपप्रधानपञ्च तिलक प्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । उपमहानगरले भिमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपुर्ण भूमिका खेलेको भन्दै तत्कालिन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापती ओमूटेम्पा लामालाई सम्मान गरिएको थियो ।

५४ औं स्थापना दिवसमा बागमती प्रदेशका प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी यादवचन्द्र शर्मा, हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मान पत्र हस्तान्तरण गरेका थिए । स्थापना दिवस पारेर हेटांैडा उपमहानगरपालिकामा कार्यरत २५ बर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दिर्घसेवा पदक, नगद २५ हजार राशि सहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ट र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरिएको थियो ।

स्थापना दिवस पारेर हेटौंडा नगरपञ्चायतका पहिलो नगर प्रमुख स्वर्गिय बासुदेव रिजालको संगम चौकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरीएको छ । नगरप्राङगढमा स्थापना गरिएको अर्धकदको प्रतिमा प्रदेश प्रमुख शर्मा, पुर्व नगर प्रमुख पौडेल, महत सहित उपमहानगरका बर्तमान प्रमुख र उपप्रमुखले गरेका थिए । स्थापना दिवसमा नगर घण्टको स्थापना, हेटौंडा दर्पण स्मारीकाको बिमोचन र डिजिटल सुचना पार्टी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *