हेटौंडा/नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफ्ना प्रतिवद्धतापत्र आज हेटौंडामा सार्वजनिक गरेका छन् । एमालेको निर्वाचन परिचालन कमिटीले आज पत्रकार सम्मेलन गर्दै उहाँले समेट्नु भएका प्रतिबद्धताहरुमा पहिले एमालेको सरकारले सुरु गरेका बिकासका काम पुरा गर्दै विकासको मुल फुटाउने बताए ।
हेटौंडा उपमहाँनगरका सबै वडाहरू र बस्तीहरूलाई सडक सञ्जालमा समेटिने गरी नगर सडकलाई व्यवस्थित गर्नुका साथै कर्रा तथा राप्ती खोलामा करिडोर निर्माण गरी पर्यटकीय गतव्य स्थान बनाइन बताए । हेटौँडाबाट लामो तथा मध्यम दूरीको विद्युतीय वस सञ्चालन गर्न आवश्यक गृह कार्य गर्ने वताउँदै उम्मेदवार श्रेष्ठले भने–‘हालसम्म सडकको पहुँच नपुगेका वस्तीहरूमा सडकको पहुँच पु¥याई सडकको स्तरीकरण तथा विस्तार गरिनेछ ।’
हेटौंडा बजार क्षेत्रका सडक फराकिलो बनाई वाइपास सडकका साथै वैकल्पिक चक्रपथको निर्माण गरी हेटौंडाको सडक र बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ । उपयुक्त स्थानको खोजी गरी हेटौंडामा विमानस्थलको निर्माणका लागि पहल गरिनेछ । कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गराउन पहल गर्नुका साथै पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ ।’
यसैगरी हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउनका लागि आवश्यक पूर्वाधार तयार गरिने उनले बताए । हेटौंडा–काठमाण्डौ सुरुङमार्ग राज्यको लगानीमा निर्माण गर्न पहल गरिने बताए । शिक्षा तथा खेलकुद विकासका काममा पनि धेरै खालका काम गरिने बताए । हेटौंडालाई शैक्षिक हवको रूपमा विकास गरिने बताए । हेटौंडामा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गरिने बताए ।