हेटौंडामा १५ वर्ष मुनि ८ ए साइड फुटबल प्रतियोगिता हुने

हेटौंडा, हेटौंडामा १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता हुने भएको छ । पिप्ले युवा क्लव हेटौंडाको आयोजनामा यही मंसिर २७ गतेदेखि १५ वर्ष मुनिको ८ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

ADVERTISEMENT

हेटौंडा ५ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक पिप्ले युवा क्लवका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए । प्रतियोगिताको लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजकले टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकेको छ । सुविन घिमिरेकै नेतृत्वमा रहेको एफसी मुण्डियालले अघिल्लो वर्ष यू २१ फुटबल प्रतियोगिता आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya