मकवानपुरगढीबाट गोर्खा साइकल यात्रा गर्दै हेटौंडेली

हेटौंडा,हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा २५६७ औं बुद्धजयन्तीको अवसरमा दुईदिने साइकलयात्रा गरिने भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति एतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा गर्न लागेका हुन् ।

ADVERTISEMENT

२५६७ औँ बुद्धजयन्तीको अवसरमा आयोजना गरिएको साइकलयात्रा १२ जनाले सहभागिता जनाउन लागेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन् । बुद्धजयन्तीको दिने मकवानपुरगढीबाट सुरु गरेको साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पगेर समापन गरिने भएको छ । साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २/२ जनाले सहभागिता जनाउने भएका छन् ।

साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ सदस्य, बुद्धिबहादुर आलेमगर, अशोक जोशी, बरुण खतिवडा, सुरज लिम्बू, राजु थापामगर, दुर्गाप्रसाद लामिछाने, कीर्तम मानन्धर, प्रदीप थापाक्षेत्री, लेखनाथ ढकाल, नबराज नेपालले सहभागिता जनाउन लागेका हुन् । सुरज लिम्बुले एकै हातले साइकल यात्रा गर्दैछन् । लिम्बु फरकक्षमता भएका ब्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *