प्राधिकरणको निर्देशन पालना गर्दै हेटौंडा बचतको २६ औँ वार्षिक साधारणसभा सम्पन्न

हेटौँडा, हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनको पूर्ण पालना गर्दै आफ्नो २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारी नियमन प्राधिकरणले गत भदौ १७ गते बचत तथा ऋण सहकारीको साधारणसभालाई मितव्ययी र सदस्य केन्द्रित गर्न जारी गरेको ८ बुँदे निर्देशन बमोजिम संस्थाका शेयर सदस्यहरूको मात्र उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।

ADVERTISEMENT

संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको सभाध्यक्षता तथा संस्थापक जेष्ठ सदस्य राजिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा भएको थियो । ७३ करोड ४८ लाख ६५ हजार ५४४ रुपैयाँ बराबरको कुल कारोबार गरेको सहकारीले आव ०८१/०८२ मा ५५ करोड ६४ लाख २६ हजार ५८० रुपैयाँ कर्जा लगानी गरेको संस्थाका कामु प्रवन्धक रीता पौडेलले बताईन् । उनका अनुसार ५ करोड २ लाख २९ हजार दुई सय शेयर पुजीँ रहेको सहकारीमा ५९ करोड १६ लाख ५६ हजार ६१८ रुपैयाँ बचत निक्षेप रहेको बताईन् । संस्थाको जगेडा कोषमा भने ४ करोड ११ लाख ७७ हजार ४२७ रुपैयाँ रहेको छ । सभामा अध्यक्ष बस्नेतले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कोषाध्यक्ष पार्वती ढकालले आव ०८२्०८३ को प्रस्तावित आयव्यव समेत प्रस्तुत गरेकी थिईन् ।

त्यस्तै, सहकारीले विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । जसमा सञ्चारकर्मीतर्फ श्रीराम अर्जुन, सहकारी अभियान्तातर्फ यसोधा कुमारी उप्रेती, कर्मचारीतर्फ बचत तथा लेखा सहायक मेनुका पाख्रीन र कार्यालय सहयोगी राममाया घलानलाई सम्मान गरिएको थियो । त्यस्तै, मासिक नियमित बचततर्फ शारदा दहाल, सीता अर्याल, बिन्दा भ्लोन, असल ऋणी तर्फ बिमला लामा, मदन घलान, सीता गिरी, बाल बचततर्फ अनुष्का अर्याल, आरोग्य बस्नेत र रुजीसा बलामीलाई पुरस्कृत गरिएको थियो । यसैगरि दैनिक बचततर्फ सुरेश अर्याल, मदुसुदन बन्जारा र बिमला गौतम, पेन्सन बचत तर्फ निर्मला थपलिया, संरक्षित पुजीँ फिर्तातर्फ गोकुलनाथ पौडेललाई पुरस्कृत गरिएको थियो ।

ADVERTISEMENT

त्यस्तै, एकै दिन दम्पति सदस्यता लिने सागर बस्नेत र मन्दिरा केसी, प्रेमबहादुर विक र विमला विश्वकर्मा, मदन डिम्डुङ र सानुमाया डिम्डुङ, रमेश कुमार बानियाँ र जानुका अधिकारी बानियाँ, राजाबाबु देवकोटा र सावित्री कुमारी विष्ट, दीपा खनाल र प्रचण्ड घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, नेफ्स्कुन मकवानपुरका प्रमुख ज्योति महत, राष्ट्रिय सहकारी बैंकका विक्रम पौडेल, संस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायत शेयर सदस्यहरुको सहभागिता रहेको थियो । साधारणसभाले नयाँ सञ्चालक समिति पनि चयन गर्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *