मण्डलादेवी विद्यालयलाई कार्पेट, चकटी र फर्म सहयोग

हेटौंडा, भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको श्री मण्डलादेवि प्राथमिक विद्यालयलाई कार्पेट, चकटी र फर्म सहयोग गरेको छ । लायन्स क्लब अफ हेटौंडा स्मारकले विद्यालयमा पुगेर विद्यालयका प्रधानाध्यापक अनिशा डोटेललाई कार्पेट, चकटी र फर्म हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रम संयोजक जीवन छत्कुलीले भने –‘कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूको बेन्च अग्लो भएकोले गर्दा विद्यार्थीलाई भुइँमा राखेर पढ्नुपर्ने बाध्यता रहेको भनेर प्रधानाध्यापकले हामीलाई सहयोगको लागि भन्नु भएको थियो । आज हामीले सोही अनुरुप कक्षा १, २, ३ मा पढ्ने एउटा कोठाको लागि चाहिने कार्पेट सहयोग गरेका हौँ ।’ विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई फर्म र चकटी पनि सहयोग गरेको उनले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ सिंह वाइवा, लायन्स क्लव अफ हेटौंडा स्मारकका अध्यक्ष अन्जनप्रसाद पौडेल, लियाे जिल्ला उपाध्यक्ष सुशान्त खतिवडा, लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ प्रलाद मिश्र, लायन्स डिष्ट्रिक चिफ अन्जन दाहालको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *