खाली कुर्सी

जो पनि कुर्सीमा बस्न रुचाउँछन्
सबै कुर्सीमा बस्न मन पराउँछन्
कक्षा कोठामा त सबैजना
आफ्नो कुर्सीमा बसेर पढ्छन्
तर त्यो एउटा कुर्सी जहिले खाली हुन्छ ।

को चाहिँ बस्छ होला त्यो कुर्सीमा ?
जहिले एक्लै
जहिले चुपचाप
कुनामा बसेर सबैलाई हेर्छ ।

न झगडा गर्छ
न त आवाज निकाल्छ
तर
उसको खालीपनले धेरै
कुराहरू बताउँछ ।

देशको कुनै कुनामा विद्यार्थीको कमीले
विद्यालयको कुर्सी खाली छ
तर भ्रष्टाचार गर्नका लागि
नेताका कुर्सी भने तानातान छ ।

कहिलेकाहीँ कसैलाई कुर्दै छ कुर्सी
कसैले छोडेको ठाउँ सम्हाल्दै छ कुर्सी
यो खाली कुर्सी साधारण देखिन्छ
तर यसको महत्व ठुलो छ ।

त्यही कुर्सीले कसैलाई
सही बाटो देखाउँछ
भने त्यही कुर्सीले
कसैलालाई गलत बाटो पनि देखाउँछ ।

यसले सिकाउँछ
खाली ठाउँले पनि आफनै कथा भन्छ
आफ्नो कथा कस्तो बनाउने
आफ्नै हातमा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *