५० प्रतिशत अनुदानमा आलुको बीउ बितरण

हेटौंडा, आलु खेतीको लागि थाहा नगरपालिकाको कृषि बिकास शाखाले ५० प्रतिशत अनुदानमा नगरको वडा न ३ मा बीउ आलु बितरण गरेको छ। थाहा नगरपालिकाको ५० प्रतिशत अनुदान लागत र वडामा रहेको अविरल कृषि समुहको ५० प्रतिशत लागतमा आलुको उन्नत जातको बीउ बितरण गरिएको हो। थाहा नगरपालिकाको २ लाख ९३ हजार र कृषि समुहको २ लाख ९३ हजार गरि ५ लाख ८६ हजारको ६ हजार पचास किलो साजिटा जातको उन्नत आलुको बीउ बितरण गरिएको थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीले बताए।

ADVERTISEMENT

थाहा नगरपालिकालाई आलुको बिउमा आत्मनिर्भर बनाउनको लागि यस्ता कार्यक्रम लेराएको बताउदै होटल रेष्टुरेन्ट तथा उद्योगको निम्ति यो आलुको माग उच्च रहेकोले बजारीकरणमा समस्या नरहेको बताए।
अबिरल कृषि समुहका सदस्य तथा अगुवा कृषक श्याम बिष्टले साजिटा जातको आलु अहिले नेपालको धेरै स्थानमा बीउ बिकासको लागि उच्च माग रहेको हुँदा भारतको हिमान्चल बाट यो बीउ आएको बताउदै नेपाल सरकारले सिफारिस गरेको बीउ भएको हुँदा ढुक्क भएर लगाउदा हुने बताए।

कृषक नवराज बर्तौलाले थाहा नगरले आलु उत्पादन राम्रो गर्न सिचाइ सुबिधा लाई पनि व्यवस्थापन गर्नुपर्ने बताए।
थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले कृषकले उत्पादन गरेको आलुमा बजारको समस्या नरहेको हुँदा गुणस्तरिय उत्पादनमा ध्यान दिन कृषकलाइ आग्रह गरे ।

थाहा नगर प्रमुख बिष्टले नगरपालिकाले सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा बिनियोजन गरेको उल्यख गर्दै संघिय सरकार र प्रदेश सरकारको रासायनिक मल बितरण प्रणालीले भने थाहाका कृषकहरुलाई मारमा पारेको बताउदै मल बितरणमा थाहा नगरपालिकालाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरे।
समुहका जेष्ठ सदस्य सानोकाजी कार्कीको अध्यक्षतामा सम्पन्न बीउ आलु बितरण कार्यक्रममा थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,विभिन्न कृषि समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *