हाँडीखोलाकी ब्लोन मृत फेला

हेटौंडा, मनहरी गाउँपालिका ३ हाँडीखोलाका एक महिला हेटौंडामा मृत अवस्थामा फेला परेकी छिन् । हाँडीखोला घर भई हेटौंडा बजार क्षेत्रमा कवाडीको काम गरी बेवारिसे हिँड्ने ३७ वर्षीया सीता ब्लोन मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

हेटौंडा १ स्वर्गलोक स्थित लिलामणी पौडेलको घर अगाडीको बरण्डामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *