आँखा शिविरमा ४ सय ६४ जनाले लिए सेवा

हेटौंडा, मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा आँखा शिविर कार्यक्रम सञ्चालन भइरहेको छ । शनिबार वडा नं २ मा शिविर सञ्चालन भएको थियो भने आईतबार ८ नं वडामा सञ्चालन भएको हो । मनहरी गाउँपालिकाको आयोजना र हेटौँडा सामुदायीक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।

ADVERTISEMENT

शनिबार वडा नं २ मा आयोजीत शिविरमा २ सय ३३ जनाले सेवा लिएका थिए । सेवा लिएकाहरुमध्ये २४ जनामा मोतिविन्दु देखा परेको थियो ।

यस्तै वडा नं ८ मा आयोजीत शिविरमा २ सय ३१ जनाले सेवा लिएको प्रमुख दाहालले जानकारी दिए । उनीहरुमध्ये १५ जनामा मोतिविन्दु देखा परेको उहाँको भनाई भनाई छ ।

मोतिविन्दुको समस्या भएकाहरुलाई हेटौँडा सामुदायीक आँखा अस्पतालमा निशुल्क शल्यकृया गरिने दाहालले बताए । ‘यहि चैत ६ गते वडा नं २ का २४ जनाको र चैत ७ गते वडा नं ८ का १५ जनाको शल्यक्रियाका लागि अस्पताल लैजाने तयारी गरिएको छू ( दाहालले बताए । आगामी दिनमा सबै वडाहरुमा शिविर सञ्चालन गरीने उनको भनाई छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *