बागमतीलाई खेलकुदको हब बनाउँछौँः मन्त्री महर्जन

हेटौंडा, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउनुपर्ने बताएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ द्वारा आयोजित वडा कप फुटबल, पालिका स्तरीय महिला भलिबल, पुरुष भलिबल प्रतियोगिताको विजेता टिमलाई पुरस्कार प्रदान गर्दै मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउन आफूले काम गरिरहेको बताए । उनले बागमती प्रदेश खेलकुदको हब बनाउँदा खेलाडी र राज्यको आर्थिक अवस्थामा सुधार आउनेसमेत बताए ।

ADVERTISEMENT

मुलुकमा संघीयता कार्यान्वयन भएपछि स्थानीय सरकार र प्रदेश सरकार अधिकार सम्पन्न भएपछि बागमती प्रदेशभित्रका जिल्लाहरूमा सबैभन्दा धेरै खेलकुद प्रतियोगिता र गतिविधि भइरहेको मन्त्री महर्जनले बताएका छन् । बागमती प्रदेशभित्र भौतिक पूर्वाधार निकै कम रहेको भन्दै उनले अब आउने बजेटमा खेलकुदको क्षेत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकता राखेर काम गर्ने बताए । मन्त्री महर्जनले खेलाडीहरूको जीविकोपार्जको निम्ति प्रतिबद्ध भएर आफूले काम गरिरहेको पनि बताए।
बागमती प्रदेशभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको अभिलेख राखेर सम्मान गर्दै जाने उनको भनाई छ ।

प्रतियोगितामा महिला भलिबल, पुरुष भलिबल, भेट्रान्स फुटबल महिला डोरी तान्ने खेल र फुलकन्ट्याक्ट कराते सम्पन्न भएको छ । कार्यक्रममा विजेता खेलाडीहरुलाई मन्त्री महर्जनले पुरस्कार प्रदान गरे । महिला भलिबल प्रथम हुने मार्खु टिमलाई नगद ४० हजारसहित मेडल ट्रफी प्रदान गरिएको छ । पुरुष प्रथम हुने नवलालिमाटिमलाई ४० हजारसहित मेडल ट्रफी हस्तान्तरण गरिएको हो । भेट्रान्स फुटबलमा प्रथम हुने नवलालिमा युवा क्लबलाई ४० हजार नगद पुरुस्कारसहित मेडल ट्रफी प्रदान गरिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya