हेटौँडा , हेटौँडा-३ लेवटमा रहेको मकवानपुर एभरेष्ट इङ्लिस बोडिङ स्कुलका विद्यार्थीले विदेशी शिक्षकहरु र विद्यार्थीबीच सांस्कृतिक आदानप्रदान र अन्तरक्रिया गरेका छन्।
विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। हंगेरी ,युक्रेन, रसियाका शिक्षक र विद्यार्थीहरुसँग कक्षा ६ देखि ८ मा अध्ययनरत विद्यार्थीहरुले सामाजिक,आर्थिक,शैक्षिक गतिविधि सम्बन्धी विभिन्न बिषयबस्तुमा अन्तरर्क्रिया गरेका थिए।
उक्त कार्यक्रमको प्रशिक्षक विवस जंग थापाले अनलाइन सहजिकरण गरेका थिए भने कार्यक्रमको समन्वय विद्यालयक प्रधानाध्यापक आशिष कार्कीले गरेका थिए ।






