मकवानपुरगढीमा उत्पादित बालीको प्रदर्शनी तथा बिक्री स्टल राखिने

हेटौंडा – हेटौंडामा हुने औद्योगिक व्यापार महोत्सवमा मकवानपुरगढी गाउँपालिकाले स्थानीय एवम् रैथानेबाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टल राख्ने भएको छ ।

ADVERTISEMENT

मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजना कृषि ज्ञान केन्द्र चितवनको सहयोग र विभिन्न सहकारी संस्था, कृषक समूह र कृषकहरुसँगको समन्वयमा प्रदर्शनी तथा बिक्री स्टल राखिने भएको हो ।

मकवानपुरगढी गाउँपालिकाभित्र उत्पादन हुने स्थानीय एवम् रैथानेबालीहरु कोदो, धानकोदो, फापर, सिमी, जुनेलो, सिलाम, अदुवा, बेसार, दलहन, तेलहन, कन्दमुल लगायतका विभिन्न उपजहरु, कृषिमा प्रयोग हुने परम्परागत औजार, सीप तथा कलाहरु प्रदर्शनीमा राखिने गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

स्थानीय उत्पादनहरु कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, बेसारको धुलो, दुनाटपरी, हस्तकला सामाग्रीहरु पनि विक्रीमा राखिने चौधरीले बताए । मकवानपुर उद्योग बाणिज्य संघ, हेटौंडाको आयोजनामा यही माघ ११ देखि २३ गतेसम्म औद्योगिक व्यापार महोत्सव–२०७९ हुँदैछ ।

यसअघि राष्ट्रिय कृषि जैविक विविधता वर्ष, २०७९ को अवसरमा ललितपुरमा कृषि जैविक विविधता एवम् रैथानेबाली उपज प्रदर्शनीमा मकवानपुरगढीमा उत्पादित रैथाने बालिको प्रदर्शनी गरिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *