हेटौंडा, हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा ‘किड्स जोन’ सञ्चालनमा आएको छ । सोमबार सरस्वती पूजाका दिनमा विद्यालयले एक कार्यक्रमका बीच किड्स जोनको उद्घाटन गरेको हो ।

विद्यालयकै १८ लाख लगानीमा किड्स जोन सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिए । किड्स जोनले कक्षा नर्सरी देखि ३ सम्म अध्ययनरत बालबालिकालाई रमाइलो गर्दै पढ्दै निकै उपयोगी हुने प्रधानाध्यापक दाहालले बताए ।
किड्स जोनमा खेलकुद सामग्री, शैक्षिक गतिविधिहरु, सुरक्षित वातावरण, मनोरञ्जनात्मक कार्यक्रम हुने भएकोले बालबालिकाको सिकाइ प्रक्रियामा रमाइलोपन ल्याउन र सृजनशीलता बढाउन मद्दत पुग्ने हेटौंडा–४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताए ।
ADVERTISEMENT