हेटौँडामा हुने एन्फा प्रेसिडेन्ट लिगको तयारी पूरा

हेटौँडा, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौँडामा हुने एन्फा प्रेसिडेन्ट लिगका सम्पूर्ण तयारी पूरा भएको छ। मकवानपुर जिल्ला फुटबल संघको व्यवस्थापनमा हेटौँडा–६ स्थित गौरीटार रंगशालामा कात्तिक १९ गतेदेखि मङ्सिर ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

ADVERTISEMENT

एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी दिँदै प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार लिगमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । टोलीहरूमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा) र लालीगुराँस एशोसिएसन क्लब (कास्की) रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ, उपविजेता टोलीले ५ लाख रुपैयाँ, सर्वोत्कृष्ट खेलाडी र फेयर प्ले टिमले ५० हजार रुपैयाँका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँको बजेट निर्धारण गरिएको एन्फाका प्रवक्ता शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *