दाहालको नेतृत्वमा अनलाइन मिडिया एशोसिएसन

हेटौंडा, मकवानपुरबाट सञ्चालित अनलाइनका सञ्चालकहरु संगठित भएका छन् । अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) संस्थाको भेला गर्दै उनीहरु बिहीबारबाट संगठित भएका हुन् ।

ADVERTISEMENT

भेलाले धर्मेन्द्र दाहालको अध्यक्षतामा अनलाइन मिडिया एशोसिएसन नेपाल गठन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा रविन्द्र गौतम, उपाध्यक्ष सुनिता विष्ट र रुपक कालिराज, महासचिव उज्वल अधिकारी, सचिवमा मनोज देवकोटा र राजेश थापा, कोषाध्यक्ष प्रवेश धिताल कुन्दन तथा सदस्यमा दिपेश दाहाल, गोविन्द तिमल्सिना र भुपेन्द्र राना रहेका छन् ।

अनलाइन मिडियालाई व्यवस्थित र जिम्मेवार बनाउने उद्देश्यले संगठित भएको बताइएको छ । अध्यक्ष दाहालले संस्थागत र पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मकवानपुरमा करिब ३५ वटा अनलाइन सञ्चालनमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *