रजत जयन्तीमा किसान कल्याण सहकारीको रक्तदान कार्यक्रम

हेटौंडा, हेटौंडा ८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

ADVERTISEMENT

संस्थाले रजत जयन्तीको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो । संस्थाको परिसरमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक केशव शाहीले जानकारी दिए । सहकारीका अध्यक्ष मोतिलाल लामाले रक्तदान गरी कार्यक्रम उद्घाटन गरिएको हो ।

रक्त सञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान गरेका २५ जनालाई सहकारीले प्रमाणपत्र र तोरीको तेल प्रदान गरेको छ । कार्यक्रममा सहकारीका सञ्चालक समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । रजत जयन्ती अन्तर्गत फागुन ७ गते चन्द्रोदय माध्यमिक विद्यालयमा महिला पुरुष डोरी तान्ने प्रतियोगिता सञ्चालन हुने सहकारीका अध्यक्ष लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *