जिल्ला प्रथम भएकी डाफिनलाई विद्यालयको सम्मान

हेटौंडा, राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको माध्यमिक शिक्षा उत्तीर्ण (एसइई) परीक्षामा मकवानपुर जिल्ला प्रथम हुन सफल भएकी डाफिन राइकालाई विद्यालयले सम्मान गरेको छ । हेटौंडा–७ स्थित तासिर विद्यालयबाट एसइई परीक्षामा सहभागीता जनाएकी डाफिनले ४ जीपिए ल्याउन सफल भइन् ।

ADVERTISEMENT

विद्यालयले शुक्रबार एक कार्यक्रमकाबीच एसइई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको हो । मकवानपुर जिल्लाबाट परीक्षामा सहभागीता जनाएका ५ हजार ८ सय १२ जनामध्ये मकवानपुरकी डाफिन राइकाले ४ जीपीए ल्याएकी हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठेबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक राजन थापाको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई सम्मान गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, अभिभावक, विद्यार्थी, शिक्षकलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *