शारदालाई शिक्षक भलिबलको उपाधी

हेटौंडा, पाचौँ संस्करणको जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी शारदा मावि आमभञ्ज्याङले जितेको छ । आज भएको फाइनल खेलमा महेन्द्र माध्यमिक विद्यालय बकैयाँलाई २५–१४, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गर्दै शारदाले उपाधि जितेको हो ।

ADVERTISEMENT

जिएस निकेतनलाई २५–१८, २५–२२ को सोझो सेटले पराजित गर्दै शारदा फाइनल प्रवेश गरेको हो भने भानु माध्यमिक विद्यालय मक्रान्चुलीलाई २५–१४ र २५–२२ को सोझो सेटले पराजित गर्दै महेन्द्र फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको छ । सेमिफाइनलमा पराजित भएका जिएस निकतेन विद्यालय र भानु माध्यमिक विद्यालयलाई आयोजकले नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ ।

प्रतियोगितामा शारदा माध्यमिक विद्यालयका आशिष घलान उत्कृष्ट खेलाडी, अम्बर गोले उत्कृष्ट स्पाइकर र महेन्द्रका प्रकाश थापा मगर उत्कृष्ट सेटर घोषित भए । प्रतियोगितामा जिल्लाको २६ वटा विद्यालयले सहभागिता जनाएका थिए । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ का अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देल, वडा सचिव पुष्पराज पुडासैनी, प्रतियोगिता संयोजक राजाराम पोखरेललगायतको आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya