हेटौँडामा यामाहा मोटरसाइकलको मेगा एक्सचेञ्ज सुरु

हेटौँडा, दसैं–तिहारलाई लक्षित गरी यामाहा मोटरसाइकलले मेगा एक्सचेञ्ज मेला हेटौँडामा सुरु भएको छ। मकवानपुरका लागि आधिकारिक विक्रेता राज मोटर्समा यही असोज २ गतेदेखि ८ गतेसम्म मेला सञ्चालन हुनेछ।

ADVERTISEMENT

मेलामा ग्राहकहरूले पुरानो मोटरसाइकल साटेर नयाँ यामाहा मोटरसाइकल खरिद गर्दा ११ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन्। त्यस्तै, पुरानो मोटरसाइकलको मूल्याङ्कनमा न्यूनतम २५ हजार रुपैयाँसम्म र बजार मूल्यभन्दा अतिरिक्त १० हजार रुपैयाँसम्म बोनस पाउने व्यवस्था गरिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए।

यसैगरी, मेलामा सहभागी हुने ग्राहकहरूमध्ये प्रत्येक सातामा लकी–ड्रमार्फत यामाहाको मोटरसाइकल जित्ने अवसर पनि उपलब्ध हुनेछ। साथै, ग्राहकहरूको सहजताका लागि ७।९९ प्रतिशत मात्र ब्याजदरमा आकर्षक वित्तीय सुविधा समेत दिइने भएको छ।

सञ्चालक श्रेष्ठले दशैं–तिहारलाई लक्षित गरी आयोजना गरिएको यस एक्सचेञ्ज मेलाबाट लाभ लिन सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेका छन्।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *