दुईदिने बकैया कला साहित्य महोत्सव सुरू

हेटौंडा, झरना साहित्यिक परिवार मकवानपुरको ३२ औ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृङ्खलाका अवसरमा आयोजित दुईदिने बकैया कला साहित्य महोत्सव शुक्रबारबाट बकैयाँमा सुरु भएको छ। आजका बकैयाका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू भएका थिए।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिका गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले झरना साहित्यिक परिवारलाई आफूहरूले सधैँ नजिकबाट हेरिरहेको र संस्थाको उन्नति–प्रगतिको शुभ भावना व्यक्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि प्राध्यापक डा. कपिल लामिछानेले आजको कार्यक्रम उत्साहजनक भएको र यसबाट आफू धेरै प्रभावित भएको बताए । दुई दिने बकैया कला साहित्य महोत्सव अन्तर्गत भोलि स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तर्क्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

२०७६ सालबाट सुरु भएको महोत्सवको यो छैठौँ श्रृङ्खला हो। झरना साहित्यिक परिवार मकवानपुरले अहिलेसम्म पाँचवटा बकैया कला साहित्य महोत्सव, ३१२ वटा साहित्य शृङ्खला, ४३ औँ झरना साहित्यिक अर्धवार्षिक पत्रिका प्रकाशन, ८० वटा भन्दा बढि बिध्यालयहरूमा काव्य प्रशिक्षण, १०० भन्दा बढी मूर्धन्य साहित्यकारहरूलाई सम्मानित गरिसकेको छ । हाल संस्थाको २ कठ्ठा आफ्नै जग्गा समेत छ र भवन निर्माणको प्रक्रियामा छ । कार्यक्रममा बकैया– ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ६ का वडाध्यक्ष फूलमान भोम्जन, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी तथा लोकेन्द्र माझी विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *