हेटौंडामा प्रथम नगर स्तरीय सडक नाटक प्रतियोगिता हुने

हेटौँडा, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा यही फाल्गुन १८ गतेदेखि २३ गतेसम्म सामाजिक रुपान्तरणका लागि चेतनामूलक प्रथम नगर स्तरीय सडक नाटक प्रतियोगिता हुने भएको छ । झलझली मल्टीक्रियसनको व्यवस्थापनमा नाटक प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले प्रतियोगिता बारेमा जानकारी गराएको हो ।

ADVERTISEMENT

४ नं. वडा भित्रका ६ वटा विद्यालयमा नाटक प्रदर्शनी गरिने ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । समाजमा रहेका विसंगति, विकृति, कुरीति, अन्धविश्वास, लागूऔषध दुव्र्यसनी, वालविवाह हटाउन सचेतनामूलक कार्यक्रम अन्तर्गत नगरमै पहिलो पटक विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष सिग्देलले बताए ।

प्रतियोगितामा ६ वटा सामुदायिक विद्यालय, ५ वटा संस्थागत विद्यालय र एउटा बाल सञ्जाल गरि १३ वटा समूहबिच प्रतिष्पर्धा हुने बताइएको छ । प्रदर्शित नाटकहरु मध्ये पहिलो , दोश्रो , तेश्रो हुने समूहलाई क्रमशः १५ हजार , १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने झलझलि मल्टीक्रियसनका आशाकाजी श्रेष्ठले बताए । निर्णायक मण्डलमा सिस्नुपानी नेपाल मकवानपुरका प्रतिनिधी, नाट्यकर्मी रिता लामा र सोम लामा रहेका छन् । पुरस्कार वितरण समारोह फागुन २३ गते भूटनदेवी माध्यामिक विद्यालयमा हुने बताइएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *