फाल्गुन २३ गते हेटौंडा एकेडेमीको २६ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस

हेटौंडा, हेटौंडा–११ मा रहेको हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नो २६ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने भएको छ । यही फाल्गुन २३ गते शुक्रबारका दिन एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाउन लागिएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।

ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले फाल्गुन २३ गते विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागिएको जानकारी दिए । उक्त दिन विद्यालयमा विद्यार्थीहरुबाट बृहत साँस्कृतिक प्रर्दशनी, विज्ञान तथा प्रविधि प्रर्दशनी, हस्तकला प्रर्दशनी, चित्रकला प्रर्दशनी, पुुस्तक मेला, खेलकुदका सामाग्रीहरुको प्रर्दशनी एवम् खाना महोत्सव समेत सञ्चालन हुने उनले बताए ।

कार्यक्रमको लागि प्रमुुख अतिथिको रुपमा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. श्री चन्द्रमणी पौडेल, विशिष्ठ अतिथिका रुपमा सिद्धार्थ बनस्थली स्कूूलमा लामो समयसम्म अध्यापन गरी आधुुनिक शिक्षा प्रणालीको सुुधारका लागि काठमाडौँको प्रसिद्ध विद्यालय एल आर आइ (LRI) स्थापना गरेका संस्थापक प्राचार्य श्री शिवराज पन्त, चितवन मेडिकल कलेज भरतपुुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.श्री हरिशचन्द्र न्यौपानेको उपस्थिति रहने छ ।

ADVERTISEMENT

यस विद्यालयका संस्थापक अध्यक्ष, परिकल्पनाकार, वागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विद्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गी, विद्यालयका प्रमुख अधिकृत रमेश रिमाल, प्रिन्सिपल धिरज क्षेत्री बोगटी, मावि इन्चार्ज अर्चना उप्रेती, परीक्षा विभाग प्रमुख समिर ढकाल लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *