हेटौंडा, हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले एक दिने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । संस्थाको चालू आव ०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य सम्वन्धि कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थाले संस्थामा आवद्व रहेका महिलाहरुको लागि महिलाहरुको ढल्कदो उमेर र महिनावारी हुँदा पुर्याउनु पर्ने विभिन्न विषयहरुमा जानकारी गराईएको थियो । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकि स्टाफ नर्स आश्मा बानिया र अस्मिता बैदारले सहजीकरण गरेका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष श्याम प्रसाद भट्टराईको प्रमुख आतिथ्यता एवम महिला उपसमिति संयोजक रेखा मैनालीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्था सचिव रोम बहादुर न्यौपाने, सञ्चालक समितीका पदाधिकारी, सञ्चारकर्मी , कर्मचारी, शेयर सदस्य लगायतको सहभागीता थियो ।
कार्यक्रममा ४५ जना महिलाहरुको सहभागीता रहेको महिला उपसमिति सदस्य भगवती पौडेलले बताईन ।







