संजीवनी सहकारीको २२ औँ साधारणसभा सम्पन्न

हेटौंडा , हेटौंडा ५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन शनिबार भएको छ । संस्थाका संस्था जानकी चौधरीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

ADVERTISEMENT

सहकारीले सभाको अवसर पारेर १७ जना जेष्ट शेयर सदस्यलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । नगर प्रमुख मीना लामाले सम्मानित सम्पूर्णलाई दोसल्ला ओढाएर सम्मान गरेकी थइन् । त्यस्तै सहकारीले असल बचतकर्ता तर्फ सीता सापकोटा, उर्मिला घिमिरे, अमर कपाली, नितिशा श्रेष्ठ र राजन कुमार बस्नेतलाई विभिन्न बचत प्रकार अन्र्तगत सम्मान गरिएको थियो ।

सभामा असल ऋणीतर्फ अस्मिता दुलाल र गीता देवीलाई सम्मान गरिएको थियो । उत्कृष्ट छात्रछात्रा सम्मान तर्फ कक्षा ८ का सक्षम श्रेष्ठ, एसईइका शिशिर खराल र निराजन न्यौपाने, प्लस टुका शुभेच्छा श्रेष्ठ, स्वीकृति भट्टराई, इलिसा श्रेष्ठ, स्नातकतर्फ निश्मा घिमिरेलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद, प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, एकैदिन श्रीमान् श्रीमती शेयर सदस्य बनेका पाँच जोडीलाई समेत सम्मान गरिएको थियो ।

तीन करोड २९ लाख ७८ हजार ४ सय शेयरपुजीँ रहेको सहकारीले २३ करोड ६६ लाख २३ हजार ६८९ रुपैयाँ कर्जा आफ्ना शेयर सदस्यलाई प्रदान गरेको छ । सहकारीमा २४ करोड ९६लाख ६० हजार २३८ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका कामु व्यवस्थापक प्रकाश खनालले बताए । संस्थामा २ करोड ३६ हजार ६६ हजार २१६ जगेडा कोष रहेको जनाइएको छ ।
सभामा वडा नम्बर ५का वडा अध्यक्ष सुशील घिमिरे, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, मकवानपुर जिल्ला सहकारी संघका प्रतिनिधि राजकुमार केसी, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन ईन्चार्ज ज्योति महत, संस्थाका संस्थापक अध्यक्ष पूर्ण बहादुर खनाल, सल्लाहकार श्यामकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya