हेटौंडा, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हेटौँडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा सर्वसम्मत नयाँ समिति चयन भएको छ । संगठनबीचको आपसी छलफलपछि आइतबार बिहान सर्वसम्मत नयाँ समिति चयन भएको हो । नवनिर्वाचित समितिको अध्यक्षमा दिवस सिलवाल चयन भएका हुन् ।

उपाध्यक्षमा सजना घिमिरे, सचिवमा सुवास राई, कोषाध्यषमा आशाराम गोले, सहसचिवमा आशिष भोलन निर्वाचित भएका छन् । सदस्यमा आयुषा बुढाथोकी, निश्चल गजुरेल, सन्तोष पुडासैनी, पूजा लम्साल, सुष्मा गौतम, सुशील तिमल्सिना चयन भएका छन् ।







