अक्षयकोष निर्माणका लागि मानवसेवा आश्रमले महायज्ञ गर्ने

हेटौँडा, हेटौँडा ९ मा रहेको मानवसेवा आश्रमले क्षमता अभिवृद्धि एवं अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले चैत्र १७ गतेदेखि २४ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । मानवसेवा आश्रमको मुख्य कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आश्रमले सप्ताह महायज्ञकोे बारेमा जानकारी दिईएको हो ।

ADVERTISEMENT

महायज्ञ अक्षयकोष श्रीवृद्धिको लागि मात्र नभइ मानवता प्रवर्द्धनमाका पनि भएको र यो महायज्ञ मात्र नभइ धार्मिक महोत्सव रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। चैत्र १७ गते बिहान ७ः३० बजे कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, सांस्कृतिक झाँकीसहित विशाल शोभा कलश यात्राबाट सुरू भइ बिहान ९ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहलाले महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महायज्ञमा १८ गतेदेखि प्रत्येक दिन भागवत भाष्कर कमलनयन गौतमको मुखारबिन्दुबाट सङ्गगीतमय कथावाचन हुने कार्यक्रम रहेको ।

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बागमती प्रदेश निर्माण, घोषणा र घोषणा पश्चातको पूर्ण कार्यान्वयनको आधार तयार गर्न र वि.स २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्पलाई पूरा गर्न महायज्ञको आयोजना गर्न लागिएको मूल आयोजक समिति संयोजक बद्रीनाथ शर्माले जानकारी दिए ।

महायज्ञमा कथा वाचनसँगै चैत्र १८ गतेदेखि २४ गतेसम्म प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म निःशुल्क वृहत् योग शिविर सञ्चालन हुनेछ । त्यस्तै ८ बजेदेखि १० बजेसम्म मकवानपुर जिल्लाका क्षेत्रमा रहेका सबै सामुदायिक एवं संस्थागत विद्यालयका कक्षा १०, ११ र १२ सँगै कलेजका युवा विद्यार्थीहरूमाझ मनको व्यवस्थापन, सकारात्मक सोच, मानवता प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन हुने यज्ञ मूल आयोजक समितिले जनाएको छ ।

आश्रमको संरक्षणमा रहेका मानिसहरूको औषधिउपचार शिक्षा दिक्षाको लागि मासिक ३० लाख रुपैयाँ खर्च हुने भएकाले एक नियिमत स्रोत चाहिने भएकाले आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने हेतुले महायज्ञ आयोजना गर्न लागिएको हो ।

Advertisement 5

मानवसेवा आश्रमले मकवानपुरको हेटौँडाबाट सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभिष्ट राखी वि।स २०६९ साल भाद्र १३ देखि सेवा शुभारम्भ गरेको हो । हेटौँडाबाट सेवा शुभारम्भ गरेको आश्रमले हालसम्म सात प्रदेशको २० जिल्लामा २६ वटा सेवाकेन्द्रहरु बिस्तार गरी ७७ जिल्लामा रहेका सहयोगापेक्षी मानवहरूको उद्धार गरी सेवा प्रदान गरिरहेको छ । घरभाडा लिएर सेवा शुभारम्भ गरेको मानवसेवा आश्रम हेटौँडा ९९ लामसुरेधापका सबै मकवानपुर जिल्लावासीहरुको मुठ्ठीदानको सहयोग र तीनै तहका सरकारहरूको आंशिक सहयोगबाट भवन निर्माणको सेवा सम्पन्न भई भाडाको घरबाट आफ्नै भवनमा सेवा सञ्चालन भईरहेको छ ।

मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौँडा, चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ र यसै आर्थिक वर्षमा सुर्खेतपछि बुटवल, धनगढी, सर्लाहीसहित फेरी हेटौँडामा हुन लागेको यो महायज्ञ १० औँ महायज्ञ भएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयले हालसम्म १८०२ जना उद्धार गरिसकेको छ भने हाल २४१ जना आश्रमको संरक्षणमा छन् भने मुख्य कार्यालय हेटौँडाले ९२६ जनाको पारिवारिक पुनर्मिलन समेत गरिसको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *