हेटौंडा जेसीजको अध्यक्षमा विकेशलाल श्रेष्ठ निर्वाचित

हेटौंडा, जेसीआई हेटौंडा वर्ष २०२४ को अध्यक्षमा विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी अमृत बर्तौलालाई ५ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

ADVERTISEMENT

श्रेष्ठले ८६ मत प्राप्त गर्दा बर्तौलाले ८१ मत प्राप्त गरे । कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने १ सय ३ मत र जीवन ढकालले ८६ मत प्राप्त गरी विजयी भए भने विश्व गौतमले ७२ मत र विपिन ताम्राकारले ६५ मत प्राप्त गरी पराजय भए ।

उपाध्यक्षमा आतिश दाहाल १ सय ५३ मत, रमेश काफ्ले १ सय ४८ मत, रमेश पराजुली १ सय २ मत र विश्वास पराजुली ९७ मतसहित विजयी भएका छन् भने विवेक फुयाँले ८५ मत र किरण आलेले ७५ मत प्राप्त गरी पराजय भएको निर्वाचन आयुक्त पवन कंशाकारले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा १ सय ७६ सदस्यमध्ये १ सय ६७ जनाले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya