बागमती प्रदेशसभा अधिवेशन अन्त्य

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन बैठक अन्त्य गरेका हुन् ।

ADVERTISEMENT

प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेबाट प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा अधिवेशन अन्त्यका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरे पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य बैठक सञ्चालन गर्न सहमत नभएपछि बुधबार १ बजेका लागि बैठक सारिएको थियो । प्रतिपक्षीले बजेटसम्बन्धी विवादका कारण बैठक सञ्चालनमा अवरोध गर्ने भएपछि प्रदेश सरकारले अधिवेशन नै अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *