नवसर्जक साहित्य चौतारी र शर्मा सम्मानित

हेटौंडा, बाल साहित्यकाहरुको संस्था नवसर्जक साहित्य चौतारी नेपाल र आध्यात्मिक अभियन्ता राधिका शर्मा शनिबार सम्मान भएका छन् । श्री रुद्रप्रसाद रिजाल स्मृति कोषले स्थापना गरेको रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७९ बाट नवसर्जक साहित्य चौतारी नेपाल र शर्मालाई प्रदान गरेको हो । उनीहरुलाई जनही नगद ५० हजार रुपैयाँ राशिले सम्मान गरेको हो ।

ADVERTISEMENT

नवसर्जक साहित्य चौतारी नेपालका अध्यक्ष प्रशन्ना चौलागाईले उक्त सम्मान लिएकी थिइन् । कोषका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा समालोचक डाक्टर निर्मोही व्यासको प्रमुख आतिथ्यता रहेको थियो । श्री रुद्र प्रसाद रिजाल तथा श्रीमती विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषको स्थापना वि.सं. २०५३ सालमा भएको थियो । कोषले व्यक्तित्व सम्मान तथा आर्थिक सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार दीपक गौतमले नवसर्जक साहित्य चौतारी नेपाल पहिलोपटक सम्मानित भएको बताए । साहित्यतर्फ झुकाव राख्ने २५ वर्षमुनिका व्यक्तिलाई नेतृत्व प्रदान गर्नका निम्ति नवसर्जक साहित्य चौतारी नेपालको नयाँ विधान बनाउने क्रममा रहेको उनले बताए । नवसर्जक चौतारी नेपालको सातै प्रदेश समिति, काठमाडौं उपत्यका समिति तथा विदेश विभाग गरी ९ वटा शाखाहरु रहेका छन् । कार्यक्रममा विभिन्न साहित्य संघसंस्थाका प्रतिनिधि तथा साहित्यकारहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *