शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन

हेटौडा, हेटौडा अटोमोवाईल्स एशोसिएसनको आयोजनामा शनिबार हेटौडामा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरिएको छ।

ADVERTISEMENT


संस्थाको अध्यक्ष ऋषि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नाडा अटोमोवाईल्सका सह कोषाध्यक्ष पंकज अग्रवालको प्रमुख अतिथिमा कार्यक्रम भएको हो। विसं २०८२ सालको  पावन अवसरमा आज शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरिएको हो।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घ बरिष्ठ उपाध्यक्ष दिपक उप्रेती, उपाध्यक्ष राजु अधिकारी, उज्वल चौलागाइ, नारायणी यातायात  व्यवसाय सङ्घ उपाध्यक्ष विष्णु बिडारी लगायतको उपस्थिति रहेको थियो। इतिहासमै पहिलो पटक हेटौडा अटोमोबाइल्स एशोसिएसनले भित्ते पात्रो प्रकाशन गरेको अध्यक्ष ऋषि ढकालले जानकारी दिए।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *