नवोदय विद्यालयको ‘एक्जीट’ कार्यक्रम

हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम आयोजना भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही वर्षभरि सिकेका कुरालाई विद्यार्थीहरुले स्टल मार्फत विभिन्न रचनात्मक प्रस्तुती दिइएका थिए ।

ADVERTISEMENT

उक्त थिममा वृक्षारोपण, डोनेसन, सामाजिक सेवा र सरसफाई गरी ४ वटा कुराहरु समावेश रहेको कक्षा १ मा अध्यापन गराउने शिक्षिका मिडल राईले जानकारी दिइन् । कार्यक्रममा कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूले कथा स्टेशन, लेख स्टेशन, कथा स्टेशन, अनुभव स्टेशन, हात धुने स्टेशन, ब्रसिङ स्टेशन, आर्ट स्टेशन, खेल स्टेशन मार्फत अवलोकनमा आउनुभएका अभिभावक तथा अतिथिलाई स्टेशनको बारेमा जानकारी गराएका थिए । कक्षा १ मा अध्यापन गराउने शिक्षिका मिडल राईको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १ मा अध्ययनरत विद्यार्थीले स्टेज प्रस्तुत गर्नुका साथै कक्षा १ का विद्यार्थीहरूले गायन तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समन्वय समिति हेटौंडाका संयोजक श्रीराम दाहालले नवोदयले आयोजना गर्ने हरेक कार्यक्रमहरु नयाँ तथा पृथक खालको हुने बताएका छन् । श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका दाहालले आगामी दिनमा नवोदय विद्यालयसँग सहकार्य गरी श्रमिक विद्यालयमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देल, विद्यालयका निर्देशक दिपेश जोशी, नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनाल, विद्यालयका प्रिन्सिपल मनोज थिङ, माध्यमिक तह शैक्षिक प्रमुख मञ्चन तिवारी, माध्यमिक तह संयोजक सिएम रिमाल, प्राथमिक तह शैक्षिक संयोजक सचिता पाण्डे, प्रशासन प्रमुख सरदराज पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *