लागूऔषध अफिमसहित एकजना पक्राउ

हेटौँडा, मकवानपुर प्रहरीले ५ किलो ९४० ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार विहान करिब ७ बजेको समयमा हेटौंडा–१९, नेवारपानीबाट लागूऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र।०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई अफिमसहित नियन्त्रणमा लिएको थियो ।

उनले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा ५ किलो ९४० ग्राम लागूऔषध अफिम फेला परेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *