नवोदय विद्यालयको खेलकुद प्रतियोगिता क्याम्पा चौरमा सुरु

हेटौँडा, हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयद्वारा आयोजना गरिएको खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स विधाका खेलहरू हेटौँडाको पिप्ले–क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएका छन्। हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशिल घिमिरे तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले विरुवामा पानी हालेर संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा स्काउटमा आबद्ध विद्यार्थीहरूले मार्चपास गरेका थिए।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशीले जीवनमा केही हासिल गर्न मेहनत अपरिहार्य हुने बताए। विद्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलकुद कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका थिए । उनले सबै क्षेत्रमा अनुशासनको महत्व औँल्याएका थिए । प्रतियोगिताका संयोजक तक्षक सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष शर्मा, विद्यालयका सहायक प्रधानाध्यापक सचिता पाण्डे, शैक्षिक निर्देशक मञ्चन तिवारीलगायतको आतिथ्य रहेको थियो।

कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा रंगशालामा अन्तरसदनात्मक (हाउस) अन्तर्गत जुनियर र सिनियर समूहका विभिन्न खेलहरू सञ्चालन हुनेछन्। विद्यालयका सदनहरूबीच भएको खेलकुद सप्ताहअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, चेस र टेबल टेनिसका खेलहरू सम्पन्न भइसकेको प्रतियोगिता संयोजक सिम्खडाले जानकारी दिए। खेलकुद गतिविधिमा विद्यार्थीहरूलाई उत्साहित गर्न अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । प्रतियोगिता पुस ३० गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

विज्ञापन
Advertisement 3
विज्ञापन
Advertisement 4
विज्ञापन
Advertisement 1

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya