हेटौँडामा विश्व वातावरण दिवस मनाइयो

हेटौँडा, बागमती प्रदेशको राजधानी हेटौंडामा विश्व वातावरण दिवस मनाइएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा विभिन्न सप्ताहव्यापी कार्यक्रम गरी मनाइएको हो । विहीबार विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतना मुलक बृहत र्याली तथा पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न भएको छ ।

ADVERTISEMENT

हेटौंडाका १९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा र्याली समेत निकालेर दिवस मनाएका हुन् । “प्लाष्टिकमुक्त हेटौंडा, हरियालीयुक्त नगर” भन्ने मुल नाराका साथ आयोजित अभियानमा नगरवासी, विद्यालय, विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा एवम् वागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री सिलवालले वातावरण संरक्षणको महत्त्वलाई स्मरण गराउँदै प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरेका नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको उल्लेख गरेका थिए । उनले यस्तो कार्यक्रमले जनस्तरसम्म चेतना फैलाउने र सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा हेटाँैडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाले हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा सप्ताहव्यापी रुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट र्यालि पुरस्कारतर्फ कालिकामाई टोल विकास संस्था प्रथम, मनकामना ‘ख’ टोल विकास संस्था दोस्रो, विकास टोल विकास संस्था, हेटौंडा–८ तेस्रो र सिमलटार टोल विकास संस्था हेटौंडा–११ तथा तपोवन टोल विकास संस्था हेटौंडा–१९ सान्त्वना हुन सफल भए । यसैगरी विद्यालय र्यालीतर्फ सिद्धार्थ मावि प्रथम, आधुनिक राष्ट्रिय मावि दोस्रो, लक्ष्मी आधारभूत विद्यालय तेस्रो र भुटनदेवी मावि तथा ज्ञानदा मावि सान्त्वना भएका थिए । यसैगरी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको चित्रकला प्रतियोगितामा जिएस निकेतन विद्यालयका आरोही राउत प्रथम, तासिर बोर्डिङ स्कूलका दियाना उप्रेती दोस्रो र ब्रम्हदिक एकेडेमीका प्रवेश श्रेष्ठ तेस्रो भए । प्रतियोगितामा जिएस निकेतन विद्यालयका समृद्धि जोशी र बालज्योति माविका राघव राई र सिद्धार्थ माविका महेन्द्र मगर सान्त्वना भएका थिए ।

‘यदि म मेयर भए’ हेटौंडा कसरी सफा र प्लास्टिक बनाउँथे विषयक भिडियो प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका इतिश अधिकारी प्रथम, जिएस निकेतन विद्यालयका आकांक्षा निरौला दोस्रो, नवोदयकै आशी बानियाँ तेस्रो र आधुनिक मावि, बालजागृति बोर्डिङ स्कुल र भुटनदेवी मावि सान्त्वना भएका छन् । यसैगरी पुनःप्रयोग सामग्री प्रतियोगितामा नवोदय शिशु सदन प्रथम, आधुनिक राष्ट्रिय मावि दोस्रो, भुटनदेवी मावि तेस्रो भएका छन् भने तुल्सी मेहर विद्यालय, प्रगति माध्यमिक विद्यालय र सिद्धार्थ माध्यमिक विद्यालय सान्त्वना भएका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, नगर उपप्रमुख राजेश बानिया, नेकपा एमाले मकवानपुरकी सिता विष्टलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya